प्रमोद खरेलको मार्मिक गीत ‘नाकैको टुप्पोमा तातो रिस’ सार्वजनिक ( भिडियो सहित)

लोकप्रीय गायक प्रमोद खरेलको नयाँ गीत नाकैको टुप्पोमा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। गायक खरेलको झुमा झुमा को भिडियोको चर्चा सेलाउन नपाउँदै सार्वजनिक गरिएको नाकैको टुप्पोमा बिहिबार साँझ सार्वजनिक गरिएको हो। झुमा झुमा जस्तै सफल हुन्छ कि हुदैन त्यो भने हेर्न बाकी नै छ। यस गीतमा भिमफेदी गाईज, प्रिन्स बम्जन र बिनु शाक्यको अभिनय रहेको रहेको छ। सार्वजनिक गीतमा रविमान सिंह वस्नेतको शब्द शृजनामा टिका बम्जनको संगीत रहेको छ।

निर्मल लामाको कोरियोग्राफी र निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको छ भने विकाश ज्ञवालीको सम्पादन रहेको छ । वैँशालु उमेरमा युवा युवतीले गर्ने प्रेमाभावलाई भिडियोमा गज्जबसँग कैद गर्न निर्देशक लामा सफल देखिएका छन् ।

भिडियो 

 

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार १८:५३