पिपल्स च्वाइस अवार्डको मनोनयनमा क्रिकेटर सन्दीप लामिछाने

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आयोजना गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’ का लागि पाँच खेलाडी मनोनयनमा परेका छन्। ‘पिपल्स च्वाइस’ अवार्डका लागि मनोनयनमा पर्ने ५ खेलाडीहरुमा क्रिकेटर सन्दीप लामिछाने , ब्याडमिण्टन खेलाडी प्रिन्स दाहाल , फुटबल खेलाडी सावित्रा भण्डारी , भलिबल खेलाडी रेश्मा भण्डारी र बडी बिल्डिंगका महेश्वर महर्जन परेका छन् ।

क्रिकेटर सन्दिपले नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा उल्लेखनीय योगदान पुर्याएकोले सन्दीप यस मनोनयनमा परेका थिए । नेदरल्याण्ड्स विरुद्वको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले प्रभावसाली प्रदर्शन गरेको थियो भने नेपालले पहिलो पटक जितेको प्रतियोगितामा सन्दिप सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

ब्याडमिण्टन खेलाडी प्रिन्सले युएइ सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका थिए । यस प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए। त्यसै गरि फुटलब खेलाडी सावित्राले घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन ।

महिला साफ च्याम्पियनशिपमा उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यस्तै भलिबल खेलाडी रेश्माले राष्ट्रियस्तरका विभिन्न भलिबल खेलहरुमा उत्कृष्ट प्रदर्शन गरे बापत ‘पिपल्स च्वाइस’ मा छनोट भएकी हुन्। यस्तै गरि अर्का खेलाडी बडी बिल्डर महेश्वरले २०७५ सालमा बडी बिल्डिंगमा नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाएपछि मनोनयनमा परेका हुन्। थाईल्याण्डमा आयोजित १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपमा पुरुष ७५ किलो तौल समूहतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

मनोनयनमा परेका यी ५ खेलाडी मध्ये १ जनालाई भोटिंग , मत र फेसबुक लाइकका आधार आधारमा जित्नेलाई अवार्ड प्रदान गर्नेछ ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार १९:११