भारत प्रवेशमा कडाइः नेपालीलाई भिसा अनिवार्य (सूचनासहित)

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने

पोखरा- भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको निर्णय अनुसार काम गर्न सूचित गराएको छ । दूतावासले जारी गरेको सूचनामा भनिएको छ,- ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।

साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने

यस्तै, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने छ । दूतावासका अनुसार तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गर्नुपर्ने जनाएको छ ।साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था लागू भएको हो ।

Loading...
प्रकाशित मिति ७ असार २०७६, शनिबार १०:५५