राजा फ्याकेर गणतन्त्र ल्याउनु सानो परिवर्तन होइन – अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजा फालेर मुलुकमा गणतन्त्र स्थापना गर्नु सानो परिवर्तन नभएको दाबी गर्नुभएको छ। सोमबार माडीमा आयोजित नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष दाहालले देशका क्रमिक रुपमा परिवर्तन भए पनि अव जनताले विकासमा परिवर्तन चाहेको बताउनुभएको हो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उहाँले बताउनुभयो। अहिलेको परिवर्तन गुणात्मक भएको अधयक्ष दाहालको भनाइ थियो।

उहाँले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको दाबी गर्नुभयो। पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन। माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उहाँले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष दाहालले माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताउनुभयो। दाहालले भन्नुभयो निकुञ्ज ऐन २०२९ जनताको आवश्यकता लाई महसुु नभइ जनावरको आवश्यकता लाई महसुश गरेर ल्याइएको थियो। अव त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ। उहाँले थप्नुभयो ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ ।

Loading...
प्रकाशित मिति ९ असार २०७६, सोमबार १७:४३