प्रकाश सपुतले कपीराइटकाे कानून नभएकाे भन्दै दुखेसाे पाेख्दै गरे फेरि कानूनमा यस्ताे छ व्यवस्थाको खुलाशा

काठमाडाै । प्रकाश सपुत र शम्भु राईबीचको विवाद चारबुँदे सहमतिमा सकिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको राईले दाबी गरेपछि विवाद सुरु भएको थियो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।सहमतिछि प्रकाशले कपीराइटकाे स्पष्ट कानून नभएकाे भन्दै दुखेसाे पाेखेका छन् । उनले लेखेका छन्स। समय समयमा यसरी अपत्यारिलो रूपमा समाजमा उठेका विषयहरू माथि बहस हुन जरुरी छ, यसले परिवर्तनका निम्ति ठुलो भूमिका खेल्छ ।

जस्तो सन् नेपालमा गीतसङ्गीतको औपचारिक रेकर्ड र व्यवसाय सुरु भएको यतिका वर्षसम्म पनि कपिराईट सम्बन्धी स्पष्ट कानुन नहुनु दुखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धी वृहत् बहस हुनु जरुरी छ । नयाँ र स्पष्ट कानुन बन्नु जरुरी छ । लोक गीतको विषयमा त झन् गम्भीर हुनु जरुरी छ । किनकि यो बौद्धिक सम्पत्ति मात्रै नभएर राष्ट्रको पहिचान सँग जोडिएको विषय पनि हो ।

गीतकाे विवाद चल्दै गर्दा थियाे बीचमा छिर्याे जातीय विभेद । गीतलाई भन्दा पनि बढी जातीय विभेदलाई लिएर सामाजिक सञ्जालमा ठूलै बहस भयो । केहीले यसलाई जातीय रंग दिन पनि खोजे ।

यसरी जातीय रंग दिन खाेजेपछि जातीय विभेद सम्बन्धी ठुलो बहस हुनु जरुरी भएकाे अाैल्याएका छन् । उनले आधुनिक विश्व समाजमा पनि जातीय विषयमा बहस गर्नु पर्ने बाध्यता नेपालको लागि लाजमर्दो र दुर्भाग्य पूर्ण कुरा भएकाे पनि बताएका छन् । उनले फेसबुकमा लेख्दै भनेका छन्-‘यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पँधेरामा तर्काएर कतै सामाजिक सञ्जालमा होच्याएर गरिने विभेदका नयाँ-नयाँ ठाउँ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोही अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि जरुरी छ ।

के छ कानूनमा ?

यसरी बेला-बेला चोरीको लहर चलिरहदा हामीलाई पनि कपीराइटको कनुन नभएकै हो जस्तो पनि लाग्छ । तर नेपालमा कपी राइटको कनूनै नभएको भने चाहि होइन । नेपालको संविधानको धारा २५ को उपधारा १ मा सम्पत्तिसम्बन्धी हकको प्रावधान छ ।

सम्पत्तिअन्तर्गत बौद्धिक सम्पत्ति पनि पर्ने उल्लेख छ । संगीत यसैमा पर्छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन, ०५९ र प्रतिलिपि अधिकार नियमावली, ०६१ मा साहित्य, कला, ज्ञान–विज्ञान र मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचनामा रचयिताको हक लाग्ने व्यवस्था छ । रचयिताको अनुमतिबिना उसको सम्पत्ति प्रयोग गर्न पाइँदैन । व्यावसायिक प्रयोजनका लागि अरूका गीत गाउनु वा नक्कल गर्नुलाई पनि अपराध मानिएको छ ।

प्रतिलिपि अधिकार ऐनमा सर्जकको प्रतिलिपि अधिकार हनन भएमा १० हजारदेखि १ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुन सक्छ । दोस्रो पटकदेखि पटकैपिच्छे सिर्जना चोरी गर्नेलाई २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था छ । त्यस्तै त्यसरी पुनरुत्पादन गरिएका सामग्री जफत हुने र प्रतिलिपि अधिकारप्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति भराइदिनुपर्ने उल्लेख छ ।

न्यूज२४ बाट

Loading...
प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०३:११