अहिलेसम्मकै बबाल नेपाली चलचित्र सत्या फिल्मको ट्रेलर सार्वजनिक / ट्रेलर हेर्नुहोस

काठमाडौ / आईतबार धनेश्वर फिल्म्स् प्रालिले औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको थियो। त्यसको लगत्तै चलचित्रको ट्रेलरलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर एक्सन दृश्य र प्रेम कथाले भरिपूर्ण छ ।

यसै चलचित्रबाट चर्चित मोडल वर्षा थिङले समते नायिकाका रुपमा डेब्यु गर्दैछिन उनी एक प्रहरी अफिसरका रुपमा देखिएकी छिन चलचित्रमा मुख्य नायकको भूमिकामा राज कलाखेती रहेका छन्ना यिकाहरुमा वर्षा थिङ र प्रिया शर्माको मुख्य भूमिका रहेको छ त्यस्तै करण सिंह बोहरा, सुमन खत्री, बिकास थापा मगर, दिवाकर थापा, ममता पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सत्य कथामा आधारित भनिएको चलचित्रलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनको मिति तय भएको चलचित्रका कार्यकारी निर्माता मदन थिङ हुन् ।

रामजी लामिछानेको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन्। श्रवण सम्राटको कथा रहेको चलचित्रलाई सुमनकुमार तण्डुकारले खिचेका हुन् । देव महर्जनको द्वन्द समावेश चलचित्रमा रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन बस्यालको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरुमा विकास पाण्डेको संगित सुन्न सकिन्छ ।

हेर्नुहोस् ट्रेलर

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार १६:४०