गोरखा ताप्ले बासिलाई खुशिको खबर, कोखे आहालेमा खुल्यो बैंक

गौरब पनेरु ताप्ले गोर्खा / ग्लोवल आईएमई बैंकले गोरखा नगरपालिका ताप्लेको कोखेआहाले बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बिच गोरखा नगरपालिका वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँ र वडा नं १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले शुभारम्भ गरे । बैंकको १६८ औ शाखा रहित बैकिङ्ख सेवाका रुपमा कोखेआहालेमा सेवा सुरु गरेको ग्लोबल आई एम ई बैंक गोरखा शाखाका प्रबन्धक बिदुर अधिकारीले जानकारी दिए ।

कोखेआहाले आसपासका बासीन्दालाई बैंकिङ्ग सेवाका लागि गोरखा बजार लगायत अन्यत्र पुग्नुुपर्ने भएकाले उनिहरुको सजिलोका लागि शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको उनको भनाई छ । शाखा रहित बैंकिङ्ग सेवा अन्तरगत निक्षेप संकलन गर्ने, कर्जा उपलब्ध गराउने, रेमिट्यान्स लगायतका सेवा उपलब्ध हुने शाखा प्रबन्धक अधिकारीले जानकारी दिए ।

Loading...
प्रकाशित मिति १८ असार २०७६, बुधबार ०५:०१