६.४ को भुकम्पले क्यालिफोर्नियामा ठुुलै क्षति

अमेरिका : अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वे ‘युएसजिएस’ का अनुसार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा केही भवनमा क्षति पुगेको छ । केही ठाँउमा आगलागी भएको छ ।

क्यालिफोर्नियाको दक्षिणी रिड्गेक्रेस्ट शहर केन्द्रविन्दु भएर भूकम्प गएको हो । रिड्गेक्रेस्ट शहरमा भूकम्पले ठूलो क्षति गराएको स्थानीयले बताएका छन् । केही मानिस घाइते भएका छन् । क्षतिको पुर्ण विबरण भने आउन बाँकी छ ।

भूकम्प गएको स्थानमा उद्धार तथा राहतको काम जारी रहेको छ । क्यालिफोर्नियाको भूकम्पलाई पछिल्लो दुई दशक यताकै शक्तिशाली मानिएको छ । भुकम्पपछि १ सय ५९ वटा पराकम्प समेत गएको ‘युएसजिएस’ ले जनाएको छ ।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार ०२:२२