थाइल्याण्डमा रमाउँदै आँचल शर्मा / तस्बिर सहित

काठमाडौं / आँचल शर्मा निष्फिक्री उड्न चाहन्छिन् । आँचलको उडाई कहाँसम्म हो ? उनी यसरी उड्न चाहन्छिन् कि जुन कुराको सिमा नै छैन । थाइल्याण्डमा रमाउँदै गर्दा आँचलले आकाशको सिमा समेत छोटो देखेकी छिन् । आकाश खुल्ला छ । मानिसले टाउको माथितिर पारेर हेर्यो भने आकाश देख्छ ।

तर, मानिसको सोचको सिमा यति मात्र होला त ? अभिनेत्री आँचल शर्मालाई यस्तो लाग्दैन । उनलाई त मानिसले आफ्नो सिमा जान्ने हो भने आकाशको पनि सिमा नहुने भन्ने लाग्छ । आँचलले यही लेख्दै रमाएको फोटो राखेकी छिन् । यति मात्र होइन, उनले कुनै पनि कुरामा नडराउन आग्रह गर्दै बलियो हुन भनेकी छिन् ।

आँचलका अनुसार मानिस भएपछि ठूलो सपना देख्न आवश्यक छ । साना साना कुरामा रोकिन हुँदैन । के तपाई आँचलको जस्तै आकाशको पनि सीमा हुँदैन भन्ने सोचमा हुनुहुन्छ त ?

Loading...
प्रकाशित मिति २१ असार २०७६, शनिबार ०५:५४