कर्मचारीहरुलाई भत्ता नदिने प्रस्ताव दुखी गरिबहरुलाई पेन्सन दिने ब्यबस्था

काठमाडौं । सांसदहरुले पेन्सन लिएर घरमा बसेका कर्मचारीहरुलाई चाडपर्व भत्ता र औषधि उपचार भत्ता दिन नहुने प्रस्ताव गरेका छन् ।
राज्यव्यवस्था समितिको आइतबारको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा अधिकांस सांसदहरुले पेन्सन पाएर घरमा बसेकाहरुलाई चाडपर्व भत्ता र विरामी नभएकालाई औषधि उपचार भत्ता दिने व्यवस्था सहि नभएको बताए।

विधेयकको को दफा ४९ मा भाग लिँदै सांसदहरु जनार्दन शर्मा, झपट रावल, नवराज सिलवाल, छक्कबहादुर लामा लगायतले सेवामा रहेका कर्मचारीलाई सरकारले भत्ता दिनु ठीक भए पनि सेवाबाट अवकाश पाइसकेकालाई दिन नहुने बताए । पूर्व गृहमन्त्रीसमेत रहेका सांसद शर्माले अवकाशप्राप्त कर्मचारीलाई भन्दा किसानलाई भत्ता आवश्यक रहेको धारणा राखे । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवा सेवाबाट निस्केर पेन्सन लिएर बसेका कर्मचारीलाई पनि चाडपर्व भत्ता दिने हो भने जेष्ठ नागरिकलाई पनि भत्ता दिनुपर्ने बताए ।

यस्तै सांसदहरुले विरामी नभएका कर्मचारीहरुलाई औषधि उपचार खर्च दिने व्यवस्था गलत भएको ठहर गरेका छन् । सांसदहरु पम्फा भुसाल र जनार्दन शर्माले यो व्यवस्था विधेयकबाट हटाउन माग गरे । अर्का सांसद राजकिशोर यादवले विरामी नहुँदा पनि उपचार खर्च पाउने व्यवस्थालाई चोर बाटो, दलालीकरण, भ्रष्टीकरणको संज्ञा दिए ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार ०६:०१