३ महिनाको छोरासंग खेल्दै आर्यन

अभिनेता आर्यन सिग्देल यतिबेला चलचित्र च च हुई मा व्यस्त छन् । यसबर्ष उनको २ चलचित्र प्रदर्शनमा आउँदै छन् । उनी अभिनीत चलचित्र हजार जुनीसम्म यो बर्षको प्रतिक्षित चलचित्र हो । यस्तै यसैबर्ष उनले खेलेको कमेडी चलचित्र च च हुई पनि रिलिज हुँदैछ ।

अहिले आर्यन चलचित्रमा मात्र नभएर आफ्नो निजी जीवनमा पनि निकै व्यस्त छन् । छोरा जन्मिएदेखि आर्यनको व्यस्तता बढ्न थालेको हो । आर्यन छोरा जन्माएदेखि निकै खुसी पनि देखिएका छन् । उनले आफ्नो छोरासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् । आर्यनको छोरा ३ महिनाको भैसकेको छ । आर्यनले आफ्नो छोराको नाम आयन्स राखेका छन् । उनले आफ्नो छोरालाई निकै राम्रोसँग हुर्काउने बताएका छन् ।

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार ०१:४३