तेरिया मगर अचानक किन मिडिया सामु आइन्

नेपालको रुपन्देही जिल्लाको रुद्रपुर अवस्थित सुनगाभा चोककी हुन् तेरिया फौजा मगर । सानै उमेरमै भारतको चर्चित रियालिटि सो ‘डान्स इन्डिया डान्स’को उपाधि जित्न सफल भएकी थिइन् तेरिया मगरले। त्यसपछिको समयमा अर्को भारतीय डान्स रियालिटि सो ‘झलक दिखला जा सिजन ९’ मा समेत विजेता बन्न सफल भएकी थिइन् तेरिया ।

सानै उमेर देखी नै डान्समा रुचि राख्ने तेरिया आफ्नो मेहिनेत र सम्पूर्ण नेपालीहरूको साथ सहयोगले गर्दा उनी सफलताको शिखर चुम्न सफल भइन् । तेरिया फौजा मगर डान्समा मात्रै सीमित छैनिन्। केही दिन पहिले पहिलो पटक “तिम्रो मायाले बाँधेर राख” बोलको कभर गीतमा आफ्नो सुरिलो आवाज दिई सजाएकी छिन ।

उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका बन्दै गैरहेकी छिन । यसै बिचमा तेरिया फौजा मगरलाइ उत्सवले ८० रमाइला प्रश्न सोधेका छन् । हेरौ उत्सवको ८० पश्नमा तेरियाको जवाफ ।

यो पनि पढ्नुहोस
बाजे बज्यैको कुरा सुनेर किन रोइन तेरिया?

नृत्य गरेर देशविदेशमा परिचत तेरिया मगर निक्कै रमाइलो कुराकानी गर्छिन् । सानैदेखि नृत्य गर्न माहिर उनी भारतीय टेलिभिजन च्यानल कलर्सको टिभी कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता बनेपछि उनको चर्चा चुलियो ।

उनी निक्कै भावुक पनि छन् । आफ्नो करियर बनाउन घर छाडेकी उनी बारम्बार गाउँको सम्झना गर्छिन् । उनले बाहिर जाँदा पनि गाउँघरको रमाइलो याद आइरहने उनले बताएको छन् ।

उनले आफूलाई सबैभन्दा रमाइलो लाग्ने चाड तिहार भन्दै गर्दा उनका हजुरबुबा कृष्णबहादुर फौजा मगरले बाल्यकालको कुरा सुनाउँदा तेरियाले आँखाभरि आँसु पारिन । सबैभन्दा प्यारो हजुरबुबालाई उनले बुबा नै भनेर सम्बोधन गर्छिन । सानैमा हजुरबुबासँगै सुत्ने उनी अहिले पनि घर पुगेपछि हजुरबुबासँगै लुटुपुटु हुन्छिन ।

सानैमा स्कुलमा उनले गरेका काम र गतिविधि सुनाउँदा तेरिया निक्कै भावुक बनिन् । सोही कुराकानीमा नातिनीले गहभरि आँसु पारेपछि हजुरआमा सुनादेवीको पनि गला अवरुद्ध भएको थियो ।नातिनीलाई घरबाहिर पठाउँदा निक्कै गाह्रो हुने गरेको भन्दा तेरिया पनि सुक्क सुक्क गरेकी थिइन ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार १६:५७