बिनोद रानाभाटको अभियान सम्पन्न भए पछि शिशिर भण्डारीलाई सम्मान  / भिडियो

काठमाडौँ – समाजसेवी तथा गरिब दुखीको हिरो शिशिर भण्डारीले भर्खरै मात्र बिनोद रानाभाटको अभियान सम्पन्न गरे ,। उक्त अभियानमा ८२ लाख तिर्नुपर्नेमा शिशिरले मात्र १९ लाख ५० हजार सँकलन गरेका थिए । यसैबिच शिशिरलाई हेटौंडामा सम्मान गरिएको छ । यस बिषयमा शिशिरले लेखेका छन् – दुई युवा भाईहरु अँकित भुषाल र युवराज चौलागाईले हेटौंडामा आयोजना गर्नु भएको “मिस हेटौंडा युनिभर्सल- 2019” मा प्रमुख अतिथिको रुपमा सहभागी हुन शनिबार हेटौंडा पुगेको थिएँ ।

भव्य र सभ्य कार्यक्रमका बिच प्रतिस्पर्धी ११ हेटौंडाका चेलीहरुले सडक सडक र पसल पसलबाट सँकलन गर्नु भएको १५ हजार सहयोग रकम हामीलाई हस्तान्तरण गर्नु भयो ।
उक्त सहयोग रकम हामी गोपी मिजारलाई बुझाउँनेछौं । सामाजिक उद्येश्यका साथ गरिएको यो सौन्दर्य प्रतियोगितासँग आवद्ध सबैलाई सम्मान छ ।

मिस हेटौंडा युनिभर्सलमा उत्कृष्ट हुनु भएकी हेटौंडाकी चेली सुरक्षा जि.सीलाई हामीले हाम्रो आउँदै गरेको म्युजिक भिडियोमा अभिनयको मौका पनि दिदैछौं । प्रतिस्पर्धी सबैलाई उज्वल भविष्यको कामना । शिशिरले यस पुर्व आफ्नो गीत हाम्रो माया जिन्दावादबाट टिकटकमा हिट भएका प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदी बहिनीलाई डेव्यु गराएका थिए ।

हेर्नुहोस भिडियोमा

Loading...
प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार १४:०९