विप्लव टोलिले नुवाकोट जिल्लामा बम विस्फोट

विप्लव नेतृत्वको नेकपाले नुवाकोट, सिन्धुपाल्चोक, रौतहट लगायतका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका नष्ट भएका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को बडा कार्यालयमा पनि बम विस्फोट भएको छ । त्यहाँ पनि पूर्ण रुपमा वडा कार्यालय ध्वस्त भएको बताइएको छ । कार्यालयका सम्पूर्ण सामाग्री सहित कम्युटरका जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे आगजनी गरेको हो ।

Loading...
प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार १६:१८