बिरगंज बाट काठमाडौ आउदै गरेको ट्रक त्रीशुली नदिमा ख सेर दु र्घटना

भरतपुर, २० साउन । चितवनकाे नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो ।सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २० श्रावण २०७६, सोमबार १७:१५