आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

काठमाडौं, चैत ६
क्लब फुटबल विश्राम भएका भेल आज रातिबाट अन्तर्राष्ट्रिय खेलहरू हुँदैछन् । आज राति जममा २ खेल हुनेछन् । जसमा एक खेलमा सन् २०१४ को विश्वकप विजेता देश जर्मनी र सर्बिया खेल्दैछन् ।

मैत्रीपूर्ण खेलअन्तर्गत यी दुई टोली जर्मनीस्थित भोल्क्सवागेन एरिना रंगशालामा आज राति १ः३० बजेबाट भिड्दैछन् । यो खेलपछि जर्मनीले अर्को खेल भने युरो कप छनौट खेलअन्तर्गत नेदरल्यान्ड्ससँग आगामी आइतबार खेल्नेछ ।

आजै राति हुने अर्को खेलमा वेल्स र ट्रिनिटी एन्ड टोबागो खेल्दैछन् । यो पनि मैत्रीपूर्ण खेल नै हो । यो खेल वेल्समै हुनेछ । खेल राति १ः३० बजेबाट सुरु हुनेछ ।

जर्मनी र सर्बियाको खेल नेपालमा सोनी टेन टु एचडी च्यानलबाट लाइभ हुनेछ भने अर्को खेल लाइभ छैन ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७५, बुधबार १२:५८