रवि लामिछाने भाबुक हुँदै मिडियामा

काठमाडौ

चर्चित सञ्चारकर्मी , रवि लामिछानेले आफ्नो  पूर्व सहकर्मीको मृत्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आपत्ति जनाएका छन।
चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृत फेला परेको घटनामा आफ्नो नाम छोडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उनले पत्रकार पुडासैनीको मृ’त्युको खबरले आफू दुखित भएको बताए पुडासैनीलाई आफू र आफ्नो टिमले कुनै किसिम टर्चर नगरेको बताउँदै रविले उनको मृत्युबारे चाँडै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग अनुरोध गरेका छ ।

बुधबार अपरान्ह फेसबुक लाइभमा आएका रवि लामिछाने भावुक हुँदै दुई महिना अघि न्यूज २४ छाडेर गएका पुडासैनीसँग राम्रो सम्बन्ध रहेको र उनी आफू खुसी नै माउन्टेन टेलिभिजनमा गएको जानकारी दिए ।
सो घटनाको अनुसन्धानमा सहयोग गर्न प्रहरीलाई बयान दिन आफू र आफ्नो टिम जहाँ भने त्यहीँ जान तयार रहेको बताएका उनले यस घटनाको विषयलाई लिएर पटक पटक प्रहरीको सम्पर्कमा गएको जानकारी दिए ।

 

 

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार १६:४५