जितु नेपाल (फुलन्देको आमा) आस्था राउत अहिले लण्डनमा

काठमाडौं । नेपालका चर्चित कमिडियन जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्दे आमा) र युवाहरुको ढुकढुकी गायिका आस्था राउत गत बुधबार ७ अगष्टका दिन लण्डन आएका छन् । उनीहरु जी.एच (गोर्खा हिल) इन्टरटेन्टमेन युकेको निमन्त्रणामा बेलायत आएका हुन् । जितु नेपाल बिगत दुईदशक देखि नेपाली हाँस्य जगतमा आफ्नो  छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् ।

त्यस्तै, उमेश राई छोटो समयमै दर्शकहरुको मनजित्न सफल युवा हाँस्य कलाकार हुन् भने आस्था राउत थुप्रै चर्चित गीत गाउन सफल लोकप्रिय गायिकाका साथै भ्वाईस अफ नेपालका निर्णायक पनि हुन् । जितु नेपाल र उमेश राई पछिल्लो समय अत्यन्त लोकप्रिय बनेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लव’ का खम्बा हुन् ।

यिनै ३ जना हाँस्य र गायनको संगालो रहने कार्यक्रम आउँदो शुक्रबार ९ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा र १० अगष्ट शनिबार साँझ लेज क्लिफ हल फोक्स्टोनमा आयोजना गरिने जी.एच (गोर्खा हिल) इन्टरटेन्टमेन युकेका सुमितले जानकारी दिएका छन् । साथै, उनले ‘हाँसौं अनि नाचौं’ भन्दै बेलायतवासी नेपालीहरुलाई आफ्नो  पायक पर्ने स्थानमा गई भरपूर मनोरञ्जन लिन हार्दिक अनुरोध गरेका छन् ।

त्यस्तै, आयोजकले अग्रिम टिकटका लागि १५ पाउण्ड र प्रवेशद्धारमा २० पाउण्ड तोकिएको जनाउदै अग्रिम टिकटका लागि ०७५३४४०५१३२  मा भास्करलाई र ०७७८०४७०००५ मा सुमितलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १४:१९