प्रितम र आयुष सारेगमपको टप ९ मा हेर्नुहोस।

नेपालका बालकद्वय प्रितम आचार्य र आयूष केसी भारतीय गायन रियालिटि कार्यक्रम सारेगमप को टप ९ मा पुगेका छन् । आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन् । जी टिभी बाट प्रशारण भएको गायन रियालिटी कार्यक्रम गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको हो।

१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन् । यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए। १२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी हुन पाएका थिए। कलिङ्ग राउण्ड बाट मेगा अडिसनमा प्रस्तुती दिएपछि उनीहरु टप ३० मा पुगेका थिए।

भारतमा आयोजना हुने गरेका विभिन्न रियालिटी शोहरुमा धेरे नेपालीहरु सहभागी हुने गरेका छन् । त्यस्ता धेरै उदाहरणहरु पनि छन्, जसले भारतीय प्रतिस्पर्धी हरुलाई पछि पार्दै उपाधि जितेका छन् । प्रशान्त तामाङ, तेरिया मगर, सुशान्त खत्री यसका उदाहरण हरु हुन् । अहिले फेरि नेपालका २ बालक आयुष केसी र प्रितम आचार्य चर्चामा छन् ।

 

Loading...
प्रकाशित मिति ३० बैशाख २०७६, सोमबार ०९:३१