अनमोलको हिरोईन अब दयाहाङ राई सँग

काठमाडौं / नेपाली चलचित्र ‘कबड्डी’को सफलता पछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ सिरिज चलचित्र ‘कबड्डी ३’ बनाउन लागेका छन् । चलचित्र यही जेठको पहिलो हप्ता देखी छायांकन सुरु हुने निर्माण टिमले जानकारी दिएका छन् ।

केहि समय अगाडी नायक प्रदीप खड्का लिड रोलमा रहने भने खबर बाहिरिएको थियो तर विविध कारणले प्रदिपले यस चलचित्रमा काम गर्न सकेनन् भने नायक प्रदीप ‘प्रेम गीत ३’का कारणले साइन नगरेको नायक प्रदीपले बताएका छन् ।

‘कबड्डी’मा नायक दयाहाङ राई दोहोरीएका छन् भने उनीसँगै चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी नायिका उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन्।

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सनविक्रम राई र बुद्धि तामाङ र कर्माको पनि अभिनय रहने छ । चलचित्र पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन हुने निर्देशक रामबाबु गुरुङले बताएका छन् । चलचित्रलाई रौनक विक्रम कँडेलले निर्माण गर्ने छन् भने चलचित्र निर्देशक रामबाबु गुरुङले आफ्नै ब्यानर निर्माण गर्ने भएका छन्।

Loading...
प्रकाशित मिति ३० बैशाख २०७६, सोमबार १४:५१