यसरी बाहिरियो रिना हत्या प्रकरण आयो पोस्टमार्टम रिपोर्ट, खुल्यो रहस्य हेर्नुहोस।

२९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट सोमबार प्राप्त भएको छ। फरेन्सिक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएको अन्नपोष्टमा समाचार छ ।

मृत्युको घटनालाई जोडेर तीन जनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिपोर्ट पनि सोमबार प्राप्त भएको छ। प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो। रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका-३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो।प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जनाले दिएको बयानमा शंका लागेपछि प्रहरीले पोलिग्राफ टेस्ट गरेको थियो।

पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो या होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ। डीएसपी श्रेष्ठका अनुसार घटनाका विषयमा फरेन्सीकसँगै प्राप्त भएको पोस्टमार्टम र पोलिग्राफ परीक्षणको अन्तिम रिपोर्टले रिनाको हत्या नभएको देखाएको छ। उनका प्रेमी भनिएका नेपाललाई भने प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको उल्लेख गरिएको श्रेष्ठको भनाइ छ।

Loading...
प्रकाशित मिति ३१ बैशाख २०७६, मंगलवार ०४:२८