काठमाडौं ३१ वैशाख ।
शोभा थापा र विजय कुमार थापाको समधुर स्वर रहेको “सुन माया सुन”गीतको म्युजिक भिडियो सार्वजनिक छ । गीतको शब्द शृजना पछिल्लो समयका चर्चित सर्जक राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् । गीतको म्युजिक भिडियोमा प्रवेश थापा र करिश्मा ढकालले अभिनय गरेका छन ।
प्रवेश थापाको प्रस्तुति रहेको गीतको छायांकन बासुबरालले गरेका छन् । दिपक बिष्टले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । विशेस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस् भिडियो
Loading...