इटहरीमा राति घरको ३ तला माथिबाट खसेकी पूजाको मृत्यु !

काठमाडौँ – तीन ताला माथिबाट खसेर सुनसरीमा एक किशोरीको मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगित चोकमा घरको ३ तला माथिबाट खसेर पूजा शर्माको आइतबार मृत्यु भएको हो ।

शर्मा कुवेर शर्माको घरमा डेरा गरी बस्ने बाबुलाल शर्माकी १७ वर्षीय छोरी रहेको बताइएको छ। आइतबार ९ बजेको समयमा ३ तला माथिबाट खसेर घाइते भएकी थिइन्।

उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर गम्भीर घाइते शर्माको राति साढे १० बजे उपचारकै क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतकको शव शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...
प्रकाशित मिति ३१ बैशाख २०७६, मंगलवार ०९:१३