बाँसघारीमा भेटियो नालनै नकाटिएको बच्चा यस्तो रहेछ नालीबेली खुल्यो रहस्य / भिडियो

पोखरा एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएको। पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन। उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि पोखरामा बस्दै आएकी थिइन।

बस्दै गर्दा चिनेजानेको एकजनासँग उनको शारिरीक सम्पर्क भयो, र बच्चा जन्माएपछि यस्तो कार्य गरेको खुल्न आएको छ। मेरो बच्चाको माया धेरै छ। तर पाल्ने अवस्था छैन। मार्न पनि सकिन, प्रहरीसँगको बयानमा उनले भनिन –कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।

सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ। फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ। स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए। उक्त सिसुलाई गण्डकी अस्पतालमा राखिएको छ। अहिले बच्चाको अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

भिडियो 

Loading...
प्रकाशित मिति May 15, 2019