काठमाडौं १ जेठ ।
मुस्कान / पछिल्लो समय हाम्रो देश, हाम्रो समाजमा अपत्यारिलो खालको घटनाहरु दिनप्रतिदिन घटिरहेको अवस्थामा गीतकार सागर रेग्मीले समयसापेक्ष बिषयबस्तुलाई नियालेर “अनुसन्धान” बोलको गीत सृजना गरेका छन् । लोकप्रिय गायिका बिष्णु माझीको अशोक विकको सुमधुर आवाजमा सजिएको उक्त गीतलाई किशोर खत्रीले संगीत संयोजन गरेका हुन ‘भने’ बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।”
“पिरतीकै जग हाली घरबार बनाउला
थोरै माया आज देऊ, थोरै माया भोलि देऊ
त्यै मायालाई सम्हाली दरबार बनाउला”
डि आर सुजनले निर्देशन गरेको भिडियोलाई रेशम दर्लामी र दीपक गिरीले छायांकन गरेका हुन् । बरिस्ठ कलाकार लक्ष्मी गिरी र पछिल्लो समयको चर्चित मोडल आयुष्मा कार्कीको जीवन्त अभिनयले भिडियो निकै नै उत्कृष्ट बनेको छ । साथमा किशोर खत्री , मणि कुमार राई, राजु गैरैको पनि अभिनय देख्न सकिन्छ । अमृत चापागाईंको सम्पादनमा भिडियोलाई जनता डिजिटल फिल्मले निर्माण गरेको हो ।
निकैनै मेहनतका साथ तयार पारिएको भिडियोमा सुरु देखि अन्त्य सम्म नै भावविह्वल दृश्यहरु देख्न सकिन्छ । केही संदेशमुलक केही समयसापेक्ष बिषयबस्तुले भरिपुर्ण गीतको भिडियोलाई धुन नेपाल युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :