काफलवाली यशोदा फेसबुकमा भाइरल’

काठमाडौं । सामान्यतया हामीले काफल एक बोहोता, एक टपरी वा एक डालो काफल भनेका, सुनेका र देखेका छौं । तर घाँस बोक्ने डोकोमा काफल बोकेको देख्दा सबैलाई अच्चम लाग्छ ।

सुर्खेतमा एक जना महिलाले डोकोमा काफल ल्याएर चोकमा बेचिरहेको दृष्य आजभोली सामाजिक संजालमा भाइरल भएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले सामाजिक संजाल फेसबुकमा काफल बेचिरहेकी एक जना महिलाको फोटो खिचेर राखेपछि यो फोटो भाइरल भएको हो ।

सामाजिक संजालमा प्रहरी प्रमुख शाहले जीवनमा पहिलो पटक यस्तो दृष्य देखेको भन्दै उत्साहित हुँदै यो फोटो शेयर गरेका छन । काफल बेचिरहेकी महिला सुर्खेतकी यशोदा अधिकारी हुन । उनी हरेक दिन विहान सुर्खेतको कालिन चोकमा काफल बेचिरहेकी हुन्छिन ।

उनले सुर्खेतको लेकबेशी गाउँपालिकाको रतु भन्ने ठाँउबाट काफल डोकोमा ल्याएर कागजको सुलीमा राखी ३० रुपैयाँका दरले बेच्ने गरेकी छन ।

Loading...
प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १३:३६