वीरविक्रम २ को आक्रमक व्यापार ” पललाई फ्यानको उपहार

काठमाडौं / शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बीर-विक्रम २’ यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ ।विभिन्न सिनेमा घरहरुमा हाउसफुल भै प्रदर्शन भैरहेको चलचित्र ‘बीर-विक्रम २’ दर्शक श्रोताहरुको मन जित्न पनि सफल भएको छ।

चलचित्रले गत १ गते बुधबार राजधानीको कुमारी सिनेमाघरमा रोयल अर्थात् पर्पल कार्पेट प्रिमियर गरेको थियो भने प्रिमियरमा चलचित्रको टिमले चलचित्र हेर्न आएका कलाकारहरुबाट निकै राम्रो प्रतिक्रिया र बधाई समेत पाएको थियो। जताततै हाउसफुल र प्रसंशा बटुलिरहेको यस चलचित्र वास्तवमै भन्ने हो भने निकै उत्कृष्ट बनेको छ र यस चलचित्रले सामाजिक पिडा र प्रेमकथालाइ प्रस्तुत गरेको छ।

पारिवारिक माहोलमा हेर्न मिल्ने यस चलचित्रमा निर्देशक मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । चलचित्र ‘बीर-विक्रम २’ मा वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बिनिषा भण्डारी, मनिष लिम्बु, देशभक्त खनाल, कृजन गौतम, सौरभ शाह लगायतका अभिनय रहेको छ।

Loading...
प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १३:४३