विवाह सम्पन्न भएपछि रवि लामिछानेले माफी माग्दै दिए सबैलाई धन्यवाद

काठमाडौं ४ जेठ ।

मुस्कान / चर्चित सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र विकाश बोर्ड अध्यक्ष निकिता पौडेल जेठ ३ शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाधिएका हुन् । विवाह समारोहमा आफ्नो आफन्त र सिमित साथिभाईलाई मात्र निमन्त्रणा गरेका थिए । आफूहरुको विवाहमा चाहेर पनि सबै जनालाई बोलाउन नसकेको भन्दै फेसबुक मार्फत विवाहको फोटो राखेर माफि मागेका छन् ।

हाम्रो बैवाहिक कार्यक्रममा उपस्थित भएर हाम्रो निमन्त्रणा स्वीकार गरि आशिर्वाद प्रदान गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हामी दुई  र हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।

चाहेरपनि धेरैलाई निमन्त्रणा गर्न सकिएन।त्यसकालागि क्षमा चाहन्छौ।साथै विभिन्न माध्यमबाट हामीलाई  शुभकामना र आशीर्वाद प्रदान गर्नुहुने सम्पुर्णमा हृदयबाट धन्यवाद

फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र विवाह समारोहमा सहभागी थिए ।

अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस खाएका रवि र निकिताले गत वर्षको माघ ७ गते अदालती विवाह गरेका थिए । अदालती विवाह गरेको चार महिनापछि दुईले परम्परागत विवाह गरेका हुन् । विवाह कार्यक्रम सकिएपछि दुईले साथमा खिचाएको तश्बिर फिल्मीखबरलाई प्राप्त भएको छ । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ ।

रवि र निकिता दुबैको दोस्रो विवाह हो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही वर्षयता दुबै मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोरो-दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ । अदालती विवाह गरेको केही दिनमा नै निकिताले बोर्ड अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका रविले निकितासँग अदालती विवाहपछि फेसबुकमा लामो स्टाटस लेख्दै विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको बताएका थिए ।

Loading...
प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १५:४९