अन्जु पन्तको नयाँ गीत ‘यो जुनिमा’ सार्वजनिक

काठमाडौं । संगीतकार नरेश खाती क्षेत्रीको संगीतमा ‘यो जुनी मै…’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

गायिका अञ्जु पन्त र गायक मेक्सम खातीको स्वर रहेको ‘यो जुनी मै…’ बोलको गीतका शब्द बाबुराम बोहराले लेखेका हुन् । गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् ।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘यो जुनी मै…’को मिक्सिङ कुमार रानाले गरेका छन् । म्युजिक भिडियोको निर्देशन बाबुराम बोहराले गरेका हुन् ।

छायाँकन बिपिन चौलागाइँ, कोरियोग्राफर दुर्गा पौडेल रहेका छन् । म्युजिक भिडियोमा गायक मेक्सम खाती र अनु पराजुलीले अभियन गरेका छन् ।

भिडियो हेर्नुहोस्

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०५:३२