म सँग विवाह गर्ने केटा नेपालमै छैन : शीतल दाहाल

शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवापुस्ताकी लेखिका हुन् । उनका लेखहरूमाथि सोसल मिडिया तथा अनलाइनहरूमा चर्को बहस हुने गरेको छ ।रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी शीतल काठमाडौंको रामकोटमा जन्मिएकी हुन् । अहिले उनी हिरो मोटोकर्प नेपालकी मिडिया कोर्डिनेटरका रूपमा कार्यरत छिन् ।शीतलसँग उनको लेखन, यौन जीवनसम्बन्धी धारणा, विवाह, नारी स्वतन्त्रता आदि विषयमा साप्ताहिकको कुराकानी

पहिले खुबै लेख्नुहुन्थ्यो । अहिले उति देखिनुहुन्न, केमा व्यस्त हुनुहुन्छ ?

मैले कहिल्यै चर्चित हुनका लागि लेखिनँ, सुधार्नका लागि लेखें । यो विषयमा लेख्यो भने सुध्रिन्छ भन्ने भएपछि लेखें । मसँग जुन विषयमा तथ्य हुन्थ्यो त्यसकै बारेमा लेखें । अहिले पनि लेख्नुपर्ने धेरै कुरा छन्, कति आधा लेखेर छाडेकी छु, तर सुधार्ने कुरा के छ भन्ने कुराको ठ्याक्कै जवाफ नभेटेर रोकेको हो । नत्र लेख्न त किन छाड्नु र ?

चर्चित हुनका लागि लेख्दिनँ भन्नुभयो तर तपाईं लेखेरै चर्चित हुनुभएको हो नि? हा हा हा (लामो हाँसो)

तपाईहरुले मलाई चर्चित नै मान्नुहुन्छ भने त म चर्चितै हो। लाखौंले तपाईंका लेख पढ्थे कस्तो प्रतिक्रिया आउँथ्यो? कैयौं प्रतिक्रिया त यस्ता पनि आउँथे जसलाई म पढ्नै सक्दिन थिए। एकपटक मेरो जीवन मेरो मर्ज शीर्षकमा लेख लेखेकी थिएँ, जसमा मैले बच्चा जन्मियो भने पहिलो हक आमाको हुन्छ,बाबु भनेको त आमाले चिनाइदिने व्यक्ति हो भनेर लेखेकी थिए। उक्त लेखमा यति गाली आएको थियो कि म गाली पढ्दापढ्दै सिरियस भए, यतिसम्म सिरियस कि झन्डै फेड हुने अवस्था सिर्जना भयो । कतिसम्म भने मलाई मात्र होइन मेरी आमा र बुबासमेतलाई गाली गरिएको थियो ।

मेरो साथीले तिम्रो काम लेख्ने हो, गाली पढ्ने काम तिम्रो होइन भनेर सम्झाएपछि बल्ल म नर्मल भए । उसले गालीबाट प्रभावित हुन्छौं भने तिमीले किन लेख्ने ? तिमीले आफ्नो लेखबाट अरूलाई प्रभावित तुल्याउने हो, यसरी सिरियस हुने होइन भनेर सम्झाएपछि म ठीक भए ।

त्यसपछि मैले कति धेरै लेख लेखे, तर कमेन्ट कहिल्यै पढिन। अहिले पनि म लेख लेख्छु, कमेन्ट पढ्दिन। लेख त म आफ्नो मर्जीले लेख्छु, गाली त उनीहरू आफ्नो मर्जीले गछ। म उनीहरूको मर्जीको गाली किन खाउँ ? त्यसकारण अहिले म कमेन्ट हेर्दिनँ कतिपयले तपाईंको लेखनलाई सेक्सिलो लेखन भनेर कमेन्ट गर्छन। आफैंलाई चाहिँ कस्तो लाग्छ? सेक्स भन्ने कुरा म मेरो हरेक लेखमा आओस् भन्ने चाहन्छु । मेरो जीवनमा त्यो कुराको एकदमै महत्व छ। यदि त्यो कुरा बुझिएन भने मलाई जीवन अधुरो हो जस्तो लाग्छ।

साप्ताहिक बाट बाकी अन्श साप्ताहिकमा

 

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०९:३०