डान्स मात्रै हैन गीत पनि यत्ति मिठो गाउँछिन् तेरिया मगर, सार्बजनिक भयो उनको पहिलो कभर गीत (भिडियोसहित)

काठमाडौ, ५ जेठ ।

नेपालको रुपन्देही जिल्लामा जन्मेर भारतमा तहल्का पिट्न सफल डान्सर तेरिया मगर अहिले १५ बर्षकी भइन्

भारतीय रियालिटी शो डान्स इन्डिया डान्सझलक दिखलाजा विजेता टेरिया फौजा मगर डान्समा मात्रै सिमित छैनन । उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका हुन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर उनले साँच्चै मिठो गीत पनि गाउँछिन् ।

आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाकी पहिलोपटक कभर गीतमा आफ्नो सुरिली आवाज भरेकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी छिन् ।

हेर्नुहोस् उनले गएको गीत

यो पनि पढौ :

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा प्रवेश गर्दैछन्। अघिल्लो पुस्ताका सर्वाधिक सफल कलाकारका सन्ततिले अहिलेको समयमा आफ्नो राज गरिरहेका छन्। यहि भिडमा थपिएका छन्, कलाकार तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्मा। अशोकको नै निर्देशनमा निर्माण हुने चलचित्र ‘रातो टिका निधार’ मा उनको डेव्यु चलचित्र रहनेछ। चलचित्रमा उनको जोडीको रुपमा देखिदैछिन् अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह। अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्समा व्याचलर सकाएका छन्। अंकितले चलचित्रका लागी आफुलाई तयार पार्न आफ्नो लुक्स स्पष्ट रुपमा बदलेको देखिन्छ।

चलचित्रमा अंकित र साम्राज्ञीको साथमा निता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ्ग र खुस्वु खड्का मुख्य भूमिकामा रहेका छन्। जेठ १० गतेबाट छायाँकन सुरु हुने चलचित्र यहि बर्षको दशैमा रिलिज हुनेछ। चलचित्रको शिर्ष गीतमा भव्य सेट लगाएर चलचित्रको छायाकन सुरु हुनेछ। गीतमा अंकित र साम्राज्ञी फिचर्ड रहनेछन्। यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धर फिचर्ड रहेका थिए।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार १८:११