स्कुले बालबालिकाका लागि काफल आम्दानीको राम्रो स्रोत बन्याे

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङका प्रायः वनहरुमा यती बेला रातै काफल पाकेको छन् । तिनै वनमा पाइने प्राकृतिक स्वादिष्ट फल अहिले स्कुले बाल बालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै आएको छ ।

भने निम्न आयस्रोत भएकाहरुले पनि यो समयमा काफलबाट नै राम्रो आम्दानी गरिरहेका छन् । वैशाख लागेसँगै सदरमुकाम क्षेत्रमा फाट्ट फुट्ट काफल पाइने भएपनि जेठ महिनाबाट भने काफलको व्यापार बढेको छ ।

यो समयमा सदरमुकाम चैनपुरका सडम पेटी तथा चैताराहरुमा काफल बेच्नेहरु प्रसस्त भेट्न सकिन्छ । काफल पाक्न सुरु भएसँगै यहाँको सदमुकाम चैनपुर अन्तर्गतका विभिन्न ठाँउमा काफलको व्यापार बढ्न थालेको छ।

बझाङका पंगर, गाणपानी, मुङग्रा खोला, कैसाढ, पोसेली, लामाचौर, छयाला, थलारा, सनुकुडा, लगायतका ठाँउमा रहेका वन क्षेत्रहरुमा काफल खाने र टिप्नेहरु अधिकांस भेट्न सकिन्छ। वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास १० देखि २० रुपैयाँमा बिक्री गरिरहेका भेटिन थालेका छन् ।

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०२:२०