‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ, मैले नगर्ने काम गरेछु ( भिडियो सहित )

इटहरी– ‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ। मैले नगर्ने काम गरेछु। मलाई माफ गर्नुस्।’ आमालाई अँगालो हाल्दै चिच्याउँदै थिए, अभिषेक कार्की। आमाको मनको बाँध पनि भत्कियो। ‘यिनै क्रिस्चियनले गर्दा मेरो सम्पत्ति सकियो। मलाई सुकुम्बासी बनाउने यिनै हुन्,’ उनी पनि रुन थालिन्।नजिकै रहेकी बुहारी आयुशाले उनलाई सम्हाल्ने कोसिस त गरिन्। तर, सकिनन्। बरु आफै रोइकराइ गर्न थालिन् । ‘मलाई क्युरेट गर्न लगाउने यिनै पापी हुन्,’ उनी भक्का निँदै भन्न थालिन्, ‘मेरो बच्चा जन्मिँदा मलाई हेला गर्ने यिनीहरु नै हुन्।’

भिडियो :

वरिपरिको भिड उनीहरुतिरै केन्द्रित भयो। कसैले कसैसँग बोल्न सकेनन्। बरु धेरैका आँखा रसाए। घटना बैसाख ९ गते सोमबारको हो। इलाका प्रहरी कार्यलय इटहरी अगाडिको दृश्य। अत्यन्तै दर्दनाक पीडा पोखिएको भान हुने यो दृश्यको कारण रहेछ, इसाइ ध र्म परिवर्तन।जसका मुख्य नाइके हुन्, कोरियाली धर्म प्रचारक सङ जा हान।’जीवन मुक्ति’को आसमा २०६३ सालदेखि इसाई धर्ममा लागे अभिषेक कार्की। त्यसको केही वर्षमा उनको भेट तिनै सङ जा हानसँग भयो। धर्म प्रचारमा उनी अब्बल देखिन थाले। नभन्दै उनी पाश्चरसम्म भए।

त्यति मात्र होइन कोरियाली र नेपाली भाषा अनुवाद गर्ने जिम्मा पनि पाए। चर्चभित्रै उनको विवाह भयो। ‘प्रभु माता’ नै सबैभन्दा ठूलो हो भन्दै जीवन नै प्रभुमा समाहित गरे । तिनै कोरियालीको लहलहैमा लागेर उनले परिवारसँगको सम्बन्ध बिगारे। परिवारले अंश स्वरुप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाए। तिनै कोरियालीले जे भन्यो त्यही मान्दै गए अभिषेक।विवाहपूर्व नै उनलाई परिवार नियोजन गर्न लगाइयो। जतिबेला उनी भर्खर २० वर्ष लागेका थिए। तर, अस्पतालमा २५ वर्ष भनी ढाँट्न लगाएर परिवार नियोजन गर्न लगाए तिनै कोरियाली सङ जा हानले।

विराटनगरको मेरी स्टोप सेन्टरमा परिवार नियोजन गरेको उनी सुनाउँछन्। उनीसँगै एउटै चर्चमा थिइन्, आयुशा चौधरी। दुवैले विवाह गरे। तर, केही महिनामै गर्भ रह्यो। त्यो कुरा चर्चका पाश्चरकहाँ पुग्यो। उनले गर्भपतन गर्न लगाए। त्यसपछि पुन: गर्भ रह्यो। त्यो पनि गर्भपतन गर्नुपर्छ भन्दै दबाब दिन थाले। आयुशाले पनि पाश्चरले भनेको नमाने ‘नर्क’ पुग्ने डरले गर्भपतन गर्न राजी भएको सुनाइन्। २०७२ सालको भूकम्पताका लामो समय चर्च बन्द भयो। सोही समयमा उनको पेटमा पुन: रहेको गर्भ हुर्कंदै गयो। ४ महिना को गर्भ भएकाले अस्पतालले गर्भपतन गराउन मानेन। त्यसपछि झनै दशा थपियो आयुशालाई।

पादरीहरुबाट समेत प्रश्नको तीर उनीतिर सोझिन थाल्यो, ‘श्रीमान्‌ले परिवार नियोजन गरेपछि कसरी बच्चा जन्मियो?’ अन्तत: उनलाई चर्चबाटै निकालियो। अभिषेक र आयुशा दुवै चर्चका कर्मचारीको रुपमा काम गर्थे। दुवैलाई अलग गराएर सम्बन्ध छुटाउने प्रयास पाश्चरले गर्न थाले। तर, सफल भएनन्। कलिलै उमेरमा परिवार नियोजन गरेकाले असफल भएको अभिषेक बताउँछन्।हाल उनीहरुको ३ वर्षको छोरा छ। ‘छोरा जन्मिएको ३ महिनासम्म आफूलाई चर्चबाहिर आउनसमेत दिइएन,’ अभिषेकले भक्कानिँदै भने, ‘मेरो आमासँग सम्बन्ध बिगार्ने, मलाई परिवार नियोजन गर्न लगाउने त्यो कोरियन नै हो।’

अभिषेकका अनुसार सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै कोरियनले परिवार नियोजन गर्न लगाएका थिए। अभिषेक मात्र होइन झापा बिर्तामोडका सुनिल श्रेष्ठ पनि आफूलाई सङ जा हानले घरजग्गा बेच्न बाध्य पारेको बताउँछन्। पीडित श्रेष्ठका अनुसार आफूलाई मन नहुँदा नहुँदै तिनै कोरियालीले दबाबमा पारी जग्गा बेच्न लगाए। ‘त्यसको दशांस परमेश्वरको नाममा लगेका हुन्,’ उनले भने।सङ जा हानबाट पीडित बनेका अर्का पात्र हुन्, सूर्यमान विक। आफूलाई भने अर्का कोरियाली नागरिक मुन्छङजुले जग्गा बेच्न लगाए को उनको भनाइ छ।

तिनै अभिषेक जसले इसाई धर्मका बारेमा प्रश्न गर्दा उनीमाथि धर्म विरोधीको आरोप लगाइएको थियो। धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै अरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ। प्रश्नको सामना गर्न नसकेपछि भौतिक आक्रमणमा उत्रिएको उनी ब ताउँछन्। यिनै धर्मका पादरीहरुले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन? भन्ने जस्ता १५ वटा प्रश्न गरेका थिए। जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण सुरु भएको उनको भनाइ छ। ‘मेरो कारण मलाई समर्थन गर्नेहरु माथि आक्रमण भएको हो,’ उनले भने, ‘नेपाली नेपाली भिडाएर कोरियनले फाइदा लिन खोजेको मात्र हो।’

 

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०२:४७