आमा र श्रीमती रुदै भने : ६ दिन बित्दापनि छोरा/श्रीमान पत्ता लागेनन (भिडियो)

काठमाडौं : बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्लेको अवस्था अहिलेसम्म केही पत्ता लाग्न सकेमा छैनन। पछिल्लो समय नेपालमा यस्ता घटना हरु धेरै नै मिडियामा आउने गरेको छ। 7 दिन बितिसक्दा पनि सम्पर्कमा न आएपछी परिवार झन पिडामा रहेको छ । बिपिन देभको श्रीमती र आमा अहिले मिडियामा आएर अनुनय बिनय गर्दै आफ्नो हराएको छोरा खोजी दिन आग्रह गरेका छन। ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको छैन।

बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी छुट्टी लिएर बसेको दिन पनि अफिसमा काम पर्यो भनेर निस्किएका थिए। उनको अवस्था अहिले सम्म केही पत्ता लाग्न सकेको छैना। अहिलेसम्म कहाँ छन् कस्तो अवस्थामा छन् कसैलाई पत्तो छैन घटना लगत्तै परिवारले प्रहरीलाई उजुरी गरेपनि अहिलेसम्म प्रहरीले केहि जानकारी पाउन सकेको छैन।

यतिबेला परिवारका सबै सदश्य सोकाकुल बनेका छन। छोरा जहाँ भए पनि सम्पर्कमा आउनलाई अनुनय गरेका छन। सुनौलो नेपाल संग बोल्दै भनेका छन , छोरा हराएको धेरै दिन भैइ सकेको छ तर पनि अहिले सम्म केही पत्तो लागेको छैन। बैंक बाट पनि तीस हजार निकालिएको भेटिएको छ।

हराएका बिपिन देव काफ्लेलाई तपाईले पनि कहिँ कतै देखेमा परिवारलाई सम्पर्क गराउन सक्नुहुन्छ। हराएका बिपिनको परिवारमा अहिले रुवाबासी चलेको छ। जहाँ भएनी छोरा आइज ममीलाई नरुवा, श्रीमतीलाई नरुवा जहा जस्तो अवस्थामा भएपनि चाडो सम्पर्क गर छोरा भन्दै बिपिनकी आमाले बिलौना गरिरहेकी छिन ।

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०३:०८