यो भिडियोमा हेर्नुहोस काठमाडौको चौरभरी ग्यासैग्यास स्थानियहरु चौरमानै खाना पकाउदै

राजधानीमै भेटियो चौर भरी ग्यासकेही बर्ष अघि देश अघोषित नाकाबन्दीको मारमा पर्यो, खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो। त्यसपछि पाठ सिकेको नेपालका नेतृत्वकर्ताहरुले बीचमा केही सकरात्मक कदम चाले पनि, पाइपलाइन सम्मका कुरा भए तर अहिले सम्म त्यो सबैतिर कहिले आउने हो टुंगो छैन। त्यसो त माल पाएर चाल नपाउने हामी अथवा चाल पाएर पनि चुप लागेर बस्ने नेपाली जस्तै बनेका छौ।

पछिल्लो समय राजधानीका विभिन्न ठाँऊहरुमा यस्तै खाना पकाउने ग्याँस यत्तिकै खेर गइरहेका छन् ।केही स्थानियहरुले थोरै भए पनि लाभ उठाइरहेका छन् तर राज्य त्यता तिर नलाग्दा सोचे जत्ति लाभ लिन नसकेको अवस्था छ। प्रस्तुत् भिडियो पनि ललितपूरकै हो, जहाँ स्थानियहरु पानी तताउने देखि भात पकाउने सम्म पालैसँग यो खुल्ला चौरमा गरिरहन्छन् ।

भिडियो हेरौ।

 

Loading...
प्रकाशित मिति May 20, 2019