छाया सरकारमा शिक्षा मन्त्रि बने गगन थापा

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेस कांग्रेसले कम्युनिस्ट सरकारको कामकारबाही र मन्त्री तथा मन्त्रालयहरूको अनुगमन गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेका हुन् ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय हेर्ने गरेर ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । समितिमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल सदस्य रहेका छन् । परराष्ट्र मन्त्रालयको संयोजकमा डा. नारायण खड्का, संयोजक तथा सदस्यहरूमा डा.अमेरशकुमार सिंह र दीव्यमणि राजभण्डारी रहेका छन् ।

अर्थ मन्त्रालयको संयोकमा डा.मीनेन्द्र रिजाललाई संयोजक तोकिएको छ । सदस्यहरूमा मीना पाण्डे र विनोदकुमार चौधरी रहेका छन् । गृह मन्त्रालयको संयोजकमा दिलेन्द्रप्रसाद वडू तथा सदस्यहरूमा रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्वूलाई जिम्मेवारी तोकिएको छ ।

शहरी विकास मन्त्रालयको संयोजकमा उमाकान्त चौधरी, संयोजक तथा सदस्यहरूमा मीनाक्षी झा र रामबहादुर विष्टलाई तोकिएको छ । युवा तथा खेलकूद मन्त्रालयको संयोजकमा किशोरसिंह राठौर तथा सदस्यमा रंगमति शाही र दुर्गाप्रसाद उपाध्याय रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकमा मीनबहादुर विश्वकर्मा र सदस्यहरूमा विन्दादेवी आले राना तथा कर्मा घलेलाई जिम्मेवारी दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकमा गगनकुमार थापा तथा सदस्यहरूमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी रहेका छन् ।

खानेपानी मन्त्रालयमा सुजाता परियारलाई संयोजक तथा मीना सुब्बा र नागेन्द्रकुमार राय सदस्य रहेका छन् । स्वास्थ्य तथा जनसंख्याको संयोजकमा पार्वता डिसी चौधरी तथा सदस्यहरूमा सीताराम महतो र मोहन आचार्यलाई जिम्मेवारी दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकमा देवेन्द्रराज कण्डेल तथा सदस्यहरूमा प्रकाश स्नेही रसाइली र प्रमिला राई रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकमा डा.डिला संग्रौला पन्त तथा सदस्यमा प्रकाश पन्थ रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमा संयोजकको जिम्मेवारी बहादुरसिंह लामाले पाएका छन् । समितिको सदस्यहरूमा सूर्यबहादुर केसी र विमला नेपाली रहेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको संयोजकमा लक्ष्मी परियार तथा सदस्यहरूमा प्रमोदकुमार यादव रस्मृतिनारायण चौधरी रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजकमा अतहर कमाल मुसलमान तथा सदस्यहरूमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा रहेका छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयको संयोजकमा पद्मनारायण चौधरी र सदस्यहरूमा अनिता देवकोटा तथा सरवत आरा खानम हलुवाइनी रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयोजकमा उमा रेग्मीलाई तोकिएको छ । सदस्यहरूमा लालकाजी गुरुङ र हीरा गुरुङ रहेका छन् ।

रक्षा मन्त्रालयको संयोजकमा भीमसेनदास प्रधान रहेका छन् । सदस्यमा अभिषेक प्रताप शाहलाई तोकिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकमा सञ्जयकुमार गौतम र सदस्यमा जीप छिरिङ लामा तथा देवप्रसाद तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ ।

वन तथा वातावरण मन्त्रालयको संयोजकको जिम्मेवारी राजेन्द्रकुमार केसीले पाएका छन् । सदस्यमा मुक्ताकुमारी यादवलाई नियुक्ति गरिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजकको जिम्मेवारी राधेश्याम अधिकारीले पाएको विज्ञप्तिमा उल्लेख छ ।

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ११:२२