बैसाख ३१ गते हराएका बिपिन बिरगंज बाट भेटिए !

काठमाडौं : बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्ले भेटिएका छन् । उनलाई आज बिरगंज बाट भेटिएको बिपिन कि श्रीमति निकिले बताएकी छन् । बिपिन को खोजि गर्न लागि पर्ने सबैलाई धन्यबाद दिदै निकी भन्छिन आज म धेरै खुशी छु हजुरहरुको प्रथाना र सहयोगले गर्दा हामीले उहालाई भेट्न सफल भएका छौ , मैले आफुलाई संसार कै भाग्यमानी महसुस गरेकिछु ।

बिपिन बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका थिए । ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको थिएन।

बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी नभेटीदा परिवार बेचैन बनेको थियो । उनका श्रीमती आमा बुवा बहिनीले सबै नेपालीलाई खोजी कार्यमा सहयोग गर्न अपिल गरेका थिए ।हराएका बिपिनको परिवारमा रुवाबासी चलेको थियो ।

जहाँ भएनी छोरा आइज ममीलाई नरुवा, श्रीमतीलाई नरुवा जहा जस्तो अवस्थामा भएपनि चाडो सम्पर्क गर छोरा भन्दै बिपिनकी आमाले बिलौना समेत पोखेकी थिइन ।

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १७:५७