फेरि आयो लाखौं परदेशीको वास्तविक कहानी अरबको लाहुरे / भिडियो हेर्नुहोस

लाखौ परदेशीहरुको यथार्थ कथा बोकेको मार्मिक गीत अरबको लाहुरे हमाल म्युजिक बाट बजारमा आएको छ। गायक तथा गीतकार हरी गिरी विमर्शीको निकैनै उत्कृष्ट शब्द संयोजन रहेको उक्त गीतले बाध्यतामा परेर परदेशीएका नेपालीहरुको वास्तविक कहानीलाई प्रस्तुत गर्न खोजेको छ।

गरिबको पनि फेरियो समय
हाम्रो छोरो अरबको लाहुरे
अब हाम्रा दु:खका दिन गए

गीतमा वरिष्ठ लोकप्रिय गायिका वीमाकुमारी दुराको स्वर रहेको छ भने गायक तर्फ हरी गिरी विमर्शिले नै साथ दिएका छन् । कृष्ण केसीले एरेन्ज गरेका हुन् भने सारङ्गी बाधक हेमन्त कान्छाले सारङ्गी रेटेका छन् ।

दिनेश शर्माको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा कलाकारहरु सज्जन हमाल, मदन ढकाल, सरिता प्रजापति,ख्याम पौडेल, शिशिर चन्द्र गौतमको जीवन्त अभिनयले भिडियोलाई उत्कृष्ट बनाएको छ।सुजन शाहीको सम्पादन महेश महराको छायांकन रहेको छ ।

गीतमा चयन गरिएको शब्द अनि भिडियोमा देखाउन खोजिएको वास्तविकताले लाखौं परदेशीको प्रति निधित्व गरेको पाइन्छ। सबैको एउटै पीडा र ब्याथा हुन्न भन्छन् तरपनि अधिकांश परदेशिएकाहरुको कहानी भने कहिँनकतै मेल भने अवस्य खान्छ । गीतको भाव पनि त्यस्तै छ गरिबीको चपेटामा परेर परिवारलाई खुशी राख्ने सपना बुन्दै बिदेशीएको छोरा पराइ देशमा गएर बिरामी हुनु अनि यता परिवारमा थाहा नहुनु

छोराले धेरै धन कमाएर पठाउछ अनि दुखको दिन बिर्सेर सुखमा रमाउने बुवा ममिको चाहाना पापी दैवले पूरा हुन दिँदैन यस्तै यस्तै बिषयमा आधारित उक्त गीतको पूरा भिडियो हेर्नुहोस् ।

भिडियो

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १८:३९