भैरहवा औषधि उद्योगमा भीषण आगालागी

भैरहवा, जेठ ७-

रुपन्देहीको ओमसतिया गाउँपालिका १ स्थित एसियन फर्मास्युटिकल्स प्रालि (औषधी उद्योग) मा भीषण आगालागी भएको छ।

औषधि उद्योगको नयाँ भवनमा आगलागी भएको हो । उद्योगले उत्पादन गरेर स्टोर गरेको स्थानमा आगलागी हुँदा ५० करोड बढीको क्षति भएको प्रबन्ध निर्देशक हुतानन्द खनालले जानकारी दिए ।

सोमबार दिउँसो करिब ४ बजेको समयमा एककासी आगो फैलिएको जनाइएको छ ।समयमा दमकल नपुग्दा उद्योगमा ठूलो क्षति भएको उद्योगका कार्यकारी निर्देशक हुतानन्द खनालले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि भैरहवा, तिलोत्तमा, बुटवल, नवलपरासी लगायत स्थानका दमकल पुगेका छन्। आगालागी सर्टसर्किटका कारण लागेको बताइएको छ। आगालागीबाट कुनै मानवीय क्षति नभएको रुपन्देहीका एसपी हृदय थापाले बताए।

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०१:०३