प्रेमी लाई सम्झिँदै पाथिभरामा अनु

काठमाडौं । नायिका तथा मोडल अनु शाह यतिबेला पाथिभरा मन्दिरको दर्शन गर्न साथिहरुसँग गएकी छिन् । तर उनले हरेक सेकेण्ड नायक सविन श्रेष्ठलाई सम्झिरहेकी छन् ।

अनुले ईन्स्टाग्राम स्टारीमा सविनसँगको फोटो सेयर गर्दै आफु हरेक सेकेण्ड सविनको यादमा रहेको उल्लेख गरेकी छिन । अनु र सविन लामो समय देखि प्रेम सम्बन्धमा छन् । उनीहरुको ब्रेकअप पनि भएको थियो । तर उनीहरुले एक अर्काको साथको आवश्यकता महसुश गर्दै प्याचअप गरे ।

प्याचअप पश्चात् सविन र अनु गाढा प्रेममा छन् । सविनसँगको प्रेममा अनु निकै खुसी छिन् । सविन पनि अनुसँगको प्रेमलाई खुला रुपमा स्विकारी रहेका छन् ।

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०१:२७