११ बर्षमै आमा बनेकी भावनालाई नर्स बनाउने पति नन्दको धोको, लजाउँदै सुनाए बिगत (भिडियो हेर्नुहोस)

११ बर्षमै आमा बनेकी भावनालाई नर्स बनाउने पति नन्दको धोको, लजाउँदै सुनाए विगत, कुराकानी अन्तिममा राखिएको छ ।

११ बर्षमै आमा बनेका भावनाको बारेमा: २१ औ शताब्दीमा विश्व कहाँबाट कहाँ पुगिसक्यो, हामीले भगवान्को प्रतीक मानेको चन्द्रमामा मान्छेले पाइला टेकिसक्यो, मङ्गल ग्रह मान्छेको हत्केलामा छ। तर कस्तो विडम्बना। हामी कति दयनीय अवस्थामा छौं? ११ वर्षीय बालिकाले बच्चा जन्माउदा माया र सद्भाव पाउनुको सट्टा छि छि र दुर दुरको गर्ने यो हाम्रो कस्तो समाज। नेपाली समाज यति डरलाग्दो गरी विकसित भइरहेको छ कि आजभोलि भनेर पनि साध्य छैन।

सानोदेखि ठूलासम्म तलदेखि माथिसम्म र उच्चदखि निम्नसम्म हेप्ने चेप्ने र एकले अर्कोलाई कागती निमोठेजस्तै गरी निमोठ्ने चलन व्याप्त हुँदै गएको छ। यो अन्धबिस्वासको भण्डारले नेपालमा अझै कतिलाई जीवन जिउन कठिन पार्ने हो कुन्नि ? संसार कहाँ देखि कहाँ पुगिसक्यो तर नेपाली समाज भने अझै कुसंस्कारको अँध्यारोमा रुमलिरहको छ।

बर्दियाको गेरुवा गाउँपालिका ४ मा एउटा झुप्रो घर छ। त्यहिँ झुप्रो घर भित्र निशास्सेर भए पनि बसेकी छिन् भावना बस्नेत। बुबा सधै रक्सिको तालमा हुन्छन्, आमा आफ्नै १० महिने सन्तान स्याहार्नु कि घरको कामकाज गर्नु, परिवारसँग भएर पनि एक्ली छिन् भावना। एक्लोपन नै उनको साथी। एक्लोपन सँगै उनलाई साथ् दिन उनको काखमा दुई महिने बालिका छिन्। उमेरले भर्खर ११ वर्षकी भावना एक

बालिकाकि आमा हुन्। २०६३ चैत १३ मा जन्मिएकी भावनाले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पुर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी गाउकै केहि सुडेनीको सहयोगमा उनी आमा बनेकी थिइन्। आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो। गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण

दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको साथै भावनाको शरीर सुन्निएर ज्वरो आएको खबर सुनेपछि उनको हालखबर बुझ्न काठमाडौँ देखि बर्दिया पुगेका हामि सोध्दै खोज्दै उनको घर भए ठाउँसम्म पुग्यौ। हामी भावनाको करिव करिव नजिक पुगेका रहेछौ तर उनको घर ठम्माउन नसकेर बाटोमा हिडिरहेका एक पुरुषलाई भावनाको घर कता हो भनेर सोध्यौ। उनले उ त्येही हो भनेर देखाइदिए।

उनको घर पुग्दा उनकी आमा १० महिने बच्चा खेलाइरहेकि थिइन्। ‘भावना बस्नेतको घर यहिँ हो ?’ हामीले प्रश्न गर्यौ। उत्तरमा ‘हो’ सुनेपछि मैले हत्तारिदै सोधे ‘अनि भावना खै त ? हामी उनलाई भेट्न आएका ! ‘ उता पर छे भन्दै भावानाकी आमाले बच्चा काखी च्याप्दै घरको पल्लो घर तिर औलाएर देखाइन्।

‘अनि उनको बुबा नि ?’ मैले फेरी सोधे। उ त्यही त हो भनेर उनले अघि हामीले बाटोमा भावनाको घर सोधेको व्यक्तिलाई देखाइन्। वास्तवमा भावनाका पिता हामीलाई घर देखाएर भागेका रहेछन्। नत्र त म भावनाको बुबा हो आउनुहोस उ त्यहि हो घर भनेर घर सम्म त ल्याइदिन्थे होलानी। यहाबाट पनि प्रस्ट हुन्छ कि भवन कत्ति पारिवारिक अपहेलनामा बाधिरकेही छिन्।

भावानाको पर्खाईमा बसिरहेका हामीले उनी पर होइन सुत्केरी अवस्थामा मेला गएको खबर पायौ। सुन्दा दुख लागे पनि सत्य त्यहि नै थियो। मन मनै सोचे ‘सुत्केरी त्यो पनि आलै अहिले नै मेलामा कसरि जान सकेको कत्ति गार्हो हुदो हो।’

भावना कै पर्खाइमा उनको घरको छेउमै बसेका हामी उनी कहिले औलिन भनेर कुरेर बसिरहेउ। एकछिन् पछि उनी आईन्। काखे बालक च्यापेर आएकी उनी निराश थीइन्, उदाश थिइन्, जिन्दगि देखि बिरक्तिएकि थिइन्। मधुर मुस्कानमा लुकेको पिडा उनको अनुहारमा प्रस्ट देखिन्थो।

केहि भन्न खोजे जस्तो उनको अनुहार मलिन थियो। एक बालिकाले अर्की दुई महिनाको बालिका च्यापेर बसेको दृश्य साच्चै हृदयविदारक थियो। लाग्थ्यो कुनै चलचित्रको पर्दामा बाल बिबाह गरेर कुनै बालिकाले बच्चा जन्माएकी छिन्। यद्दपि कुनै चलचित्रको काल्पनिक कथा जस्तो लाग्ने घटना मेरो आखा अगाडी नै वास्तविक थियो।

‘मलाई व्यक्तिगत केहि भन्न चाहानुहुन्छ ? तपाईको मनमा केहि कुरा खेलिरहेको जस्तो छ ? तपाइलाई केहि समस्या छ हो ?’ भनेर मैले प्वाक्क सोधी हाले। एक टकले उनले आफ्नो बुबाको अनुहार हेरिरहिन्। उनी केहि होइन धेरै कुराहरु जुन उनको मनमा गुम्सिएको थियो त्यो सबै भनेर मन हलुङ्गो बनाउन चाहान्थीन् तर उनको बुबाले गालि गर्ने डरले उनको मुखबाट एक शब्द पनि निस्किएन। उनी निशब्द थिईन् तर उनी भित्र कुराको गाठो परेको थियो।

भिडियो

 

 

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०८:५४