‘बागी–३’ मा टाइगरसँग श्रद्धाले रोमान्स गर्ने !

एजेन्सी, फागुन २
बलिउड फिल्म ‘बागी’को तेश्रो सिरिजमा टाइगर श्राफ र श्रद्धा कपुरको जोडी पुनः दर्शकले हेर्न पाउने भएका छन् । ‘बागी’को पहिलो फिलमा यो जोडी रहेकोमा दोस्रो सिरिजमा भने उनीहरू थिएनन् ।

दोस्रो सिरिजमा भने टाइगरकी रियल प्रेमिका भनेर चिनिएकी दिशा पटानीले आफ्ना असली प्रेमीसँग जोडीका रूपमा काम गरेकी थिइन् ।

भारतीय मिडियाका अनुसार फिल्मको तेस्रो संस्करणमा श्रद्धालाई पनि एक्सन भूमिकामा देख्न पाइनेछ । श्रद्धा हाल प्रभाससँगको ‘साहो’मा र बरूणसँग ‘स्ट्रिट डान्स’मा काम गरिरहेकी छन् ।

तर, श्रद्धाले यी दुई फिल्मको कम सकेर मात्रै ‘बागी–३’को काम थाल्नेछिन् । निर्माण पक्षले सो फिल्मका लागि आगामी वर्ष मार्च ६ का लागि प्रदर्शन मिति पनि तोकिसकेको छ ।

यसअघि यो फिल्मको पहिलो सिरिज भने सन् २०१६ मै आएको थियो । त्यसपछि दोस्रो सिरिज गत वर्ष आएको थियो । पहिलो सिरिजमा टाइगर र श्रद्धाको जोडीलाई दर्शकले रुचाएकाले तेस्रो सिरिजमा पनि उही कथा दोहोरिने आशा निर्माण पक्षले लिएको छ ।

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७५, बिहीबार ११:५२