यस्तो बन्यो ‘यो मन उड्यो चरा बनी’ गीतको म्युजिक भिडियो

काठमाडौं, फागुन २
प्रेम दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ गीतको म्युजिक भिडियो सर्वजनिक भएको छ । आज प्रेम दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सो गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मिता दाहालले गाएको गीत ‘शरद–२’ एल्बममा राखिएको छ । सो भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठले अभिनय गरेका छन् । भिडियाको निर्देशन युवराज वाइबाले गरेका हुन् ।

यो गीतलाई आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने छ । उसले ‘शरद–२’ एल्बममा राखी यो गीत ल्याउन लागेको हो । गीतमा ७ वटा गीत रहेका छन् ।

भिडियो हेरौं :

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७५, बिहीबार १२:०३