काठमाडौं – मंगलबार मध्यराति भूकम्पको धक्का महसूस गरिएको छ ।
लमजुङको बेसीसहर आसपास केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्प ४.१ म्याग्निट्यूटको रहेको केन्द्रले जनाएको छ । राति सुतेको बेला भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए ।
यसअघि धादिङ र दैलेखमा समेत भूकम्पको धक्का महसूस गरिएको थियो ।
Loading...