खुल्याम यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ

८ जेठ बुटवल होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन धन्दामा लगाएको

सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए पक्राउ परेका कुँवर दम्पतिलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको

छ भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको भनाइ छ प्रहरीको दाबीअनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो

पीडितको भनाइ उधृत गर्दै प्रहरीले जनाए अनुसार होटलमा काम गरेको पैसा पनि होटल संचालकले दिएका थिएनन् उनले यौन शोषणमा लगाए वापतको पैसासमेत कुँवर दम्पति आफैंले बुझ्ने गरेका थिए पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । ती दम्पत्तीलाई १५ बर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १७:०८