सुत्ने बेला पाथीभरा को दर्शन  गरौ मनले आटेको पुरा हुनेछ

मेष समय अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ काम गर्ने वातावरण भत्किने देखिन्छ अनावस्यक काममा धन बढि खर्च हुनेछ महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला घाटा हुनेछ व्यापार व्यवसायमा गिरावट आउनेछ आम्दानी घट्नेछ मानसिकत तनाव बढि हुनेछ विश्वासमा अविश्वास थपिनेछ शत्रु खोज्न टाढा जानु पर्ने छैन वृष समयले साथ दिनेछ मिलिजुली काम गर्दा कुनै फरक पर्ने छैन थोरै प्रयत्न गर्नु

होला नयाँ कार्य योजना सजिलै अगाडि बढ्ने छन् दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विदेश यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । आफन्तको सहयोग मिल्नेछ मिथुन साना साना काम सफल गर्न पनि धेरै संघर्ष गर्नु पर्नेछ मेहनत गर्न पछि नपर्नु होला परिश्रमको अन्तिम फल मिठो निस्कनेछ व्यवहारिक सहयोग मिल्ने छैन,अव्यवहारिक व्यक्ति भेटिने छन् धन लिने दिने काम गर्दा सोच विचार गर्नु होला दुष्टहरुको

बक्रदृष्टि पर्नेछ व्यापारमा सुधार आउनेछ कर्कट गरे जस्तो सोचे जस्तो काममा सफलता मिल्ने छैन तर गरेका कामबाट आँशिक लाभ भने हुनेछ दिएको धन डुब्न सक्छ चिन्तन मननमा मात्रै धेरै समय नफाल्नु होला प्रेम प्रस्ताव आउन सक्छ   व्यापार व्यवसाय मन्द गतिले अगाडि बढ्ने छन् मिलिजुली कुनै काम गर्ने रहर नगर्नु होला सिंह उपलब्धिका काममा भन्दा भेटघाट रमाईलोमा समय बढि खर्च हुनेछ आफन्तका कारण धन खर्च हुनेछ स्पष्ट बोल्दा आफैलाई घाटा
हुनेछ व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ पढाई लेखाईमा थोरै ध्यान जानेछ विदेशको चहाना बढ्नेछ पारिवारिक समस्या बढ्ने छन् ।नयाँ क्षेत्रमा लगानी नबढाउनु होला कन्या साहास,धैर्यता र पराक्रम बढ्नेछ विज्ञान प्रविधि तथा अग्नि तत्व प्रधान कामबाट लाभान्वित हुनुहुनेछ पुराना काम धेरै जसो फस्र्योट हुनेछन् आफन्तको सहयोग मिल्नेछ राजनीतिमा सक्रियता बढ्नेछ व्यापार व्यवसायबाट आय
आर्जन बढ्नेछ वोलीको प्रभाव पर्नेछ संचित धन बढ्नेछ तुला आर्थिक संरचनालाई नचलाई काम गर्नु होला आफन्त सँग भेटघाट हुनेछ आफन्तका कारण धन नास हुनसक्छ लगनशिल भई गरेका काम सफल हुनेछन् व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ प्राविधिक काममा लगानी नबढाउनु होला धनको सहयोग नगर्नु होला कुराको सहयोग गर्दा हुन्छ वृश्चिक गलत विचार र गतिरोधको अन्त्य हुनेछ मान्यजनबाट काम गर्ने हौसला मिल्नेछ अनावस्यक खर्चमा कमि आउनेछ

भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्न सक्छ प्राविधिक कामबाट लाभान्वित हुनुहुनेछ ऋण लगानी नबढाउनु होला अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ धनु समय प्रतिकुल देखिन्छ काम गर्ने वातावरण विग्रिन सक्छसचेत रहनु होला विगतका उपलब्धि गुम्न सक्छन् । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ व्यापार व्यवसायमा गरेको लगानी खेर जान सक्छ अनावस्यक विषय बस्तुमा समय लगानी हुनेछ आफन्त सँगको विश्वास र भरोसा टुट्न सक्छ फजुल खर्च बढ्नेछ मकर समयको सदुपयोग गर्नु

होला,अलमलमा नपर्नु होला वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । थोर प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ आकस्मिक आम्दानीको योग देखिन्छ जीवन साथिको सहयोगमा आर्थिक उन्नति हुनेछ व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् कुम्भ समस्या समाधान हुनेछन् समयले साथ दिनेछ विगतका समस्या समाधान भएर जानेछन् कुरा काट्ने सहयोगको हात फैलाउने छन् सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ वैदेशिक काम काजबाट लाभ हुनेछ धार्मिक

गतिविधि बढ्ने छन् रमाईलो घुमफिर हुनेछ मिन पूर्ण रुपेण काम गर्ने वातावरण बन्ने छैन अनावस्यक विषय बस्तुमा अल्झिनु पर्नेछ मानसिक तनावमा कमि आउनेछ धार्मिक विश्वास बढ्नेछ यात्राको सम्भावनालाई नकार्न सकिन्न कला साहित्यतिर अभिरुची बढ्नेछ आफन्तका कारण धन क्षय हुनसक्छ जिब्रोलाई नियन्त्रणमा राख्नु होला भाग्यले कम साथ दिनेछ

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १८:२६