अहिलेको चर्चित गीत “सुपर ग्लु” मा नायिका नीता ढुंगानाको हट डान्स / हेर्नुहोस भिडियोमा

चर्चित गीतकार अम्बिका गुरुङका शब्दमा आधारित बिल्कुलै नया गीत सुपर ग्लू को म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक गर्कएको छ। “गायक रमेश श्रेष्ठ मेलोडीको स्वरको उक्त गीतलाई गायक श्रेष्ठले नै संगीतबद्ध गरेका छन। गीतमा प्रतिक अधिकारीले र्‍याप हानेका छन। गीतलाई मानषी किरणले संगीत संयोजन गरेका हुन् भने अशोक महर्जनले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन।

नृत्यपरक उक्त गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन। बासु न्यौपानेद्वारा छायांकन गरिएको उक्त भिडियोमार्फत अभिनेत्री नीता ढुंगाना लामो समयपछि दर्शकमाझ आएकी छिन। भिडियोमा अभिनेत्री ढुंगानाको नृत्य कौशल देख्न सकिन्छ। भिडियोलाई अभिनेत्री ढुंगानालाई नविन राई तथा विशाल लामाले साथ दिएका छन। भावसागर इन्टरटेन्मेन्ट एलएलसीको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन।

भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १८:३९