सानै उमेरमा प्रेममा परेपछी आयो ‘बालखैमा दिल बस्यो’ / भिडियो

सानै उमेरमा प्रेममा परेपछी आयो ‘बालखैमा दिल बस्यो’ (म्युजिक भिडियो)

गौरब पनेरु काठमाडौ – सुर्खेतका युवा निर्मल पौडेलद्धारा निर्देशित म्युजिक भिडियो बालखैमा दिल बस्यो को सार्बजनिक भएको छ। यो गित ओसर युट्युब च्यानलमार्फत केही दिन पहिले सार्वजनिक भएको हो।

गीतका शब्द दीपक शर्माले रचना गरेका हुन। आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको यस गीतमा दैलेख आईडल प्रतियोगिताका विजेतासमेत रहेका बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन।

आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको यस गीतमा दैलेख आईडल प्रतियोगिताका विजेतासमेत रहेका बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन। विद्यालय उमेरमै विवाह गर्दा कानुनी झमेलामा परिने हुँदा उमेर पुगेर मात्रै विवाह गर्नुपर्ने सन्देशसहित किशोर अवस्थाको प्रेम आकर्षण लगायतलाई गीतमा दर्शाइएको छ ।

म्युजिक भिडियो कर्णाली प्रदेशका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरुमा छायाँकन गरिएको छ । बाल कलाकारहरुकै अभिनय रहेको भिडियोको कोरियोग्राफी हेमन्त भूषाल र छायाँकन अमृत केसीले गरेका हुन। 

यो भिडियोको सफलतासँगै चलचित्रसम्बन्धी उच्च शिक्षा लिइरहेका निर्देशक पौडेलले आगामी दिनमा दर्शक समक्ष थप मेहनत र क्रियशनसहितको भिडियो ल्याउने उर्जा प्राप्त भएको बताएका छन।

भिडियो हेरौ।

 

 

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १९:१४