दुखद खबर हावाहुरीको बितण्डा दुई सय घरको छाना उडायो

काठमाडौ मंगलबार राति आएको हुरीले देवचुली नगरपालिकामा दुई सयभन्दा बढी घरका छाना उडाएको छ  हुरीले वडा नम्बर ६ ७ ८ ९ ११ १२ र १४ मा रहेका टिन र खरले छाएका छाना उडाएको हो  करिब दुई दर्जन घर बस्न नमिल्ने गरी भत्किएका छन् हुरी मंगलबार राति ८ बजेबाट सुरु भएको थियो  दुई मिनेट मात्रै आएको हुरीले लाखौँको धनमाल नष्ट गरेको स्थानीयको भनाइ छ सबैभन्दा बढी क्षति वडा नम्बर ७ को सीतावास र मुन्डे क्षेत्रमा पुगेको उपमेयर पार्वता तिवारीले बताइन् सीता वासमामा बाटोभरि बिजुलीका पोल ढलेर बाटो अवरुद्ध भएको छ हुरीका कारण खानेपानी

आपूर्तिसमेत बन्द गर्नुपरेको प्रगति नगर खानेपानी उपभोक्त समितिका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिए  देवचुली–७ को सीतावास क्षेत्रमा एक सयभन्दा बढी घरमा क्षति पुगेको छ १५ भन्दा बढी घर क्षतिग्रसत भएका छन् भने दर्जनभन्दा बढी बिजुलीका पोल बाटोमा ढलेका छन्  यसै गरी वडा नम्बर ६ मा करिबव १५ घरमा क्षति पुगेको छ   हुरीले नगर क्षेत्रमा रहेका अधिकांश विद्यालयका छाना उडाएको छ देवचुली७ को भीमसेन माध्यमिक विद्यालय देवचुली७ कै

साविकको देवचुली आधारभूत विद्यालय भवन हाल भीमसेनमा गाभिएको देवचुली ९ को मनकामना प्राथमिक विद्यालय मिलिजुली प्राथमिक विद्यालयका छाना उडाएको छ
हुरी र पानीसँगै परेको असिनाले मकै फलफूल तरकारीलगायत बालीनालीमा समेत नोक्सानी पु याएको छ असिना र हुरी प्रभावित क्षेत्रमा प्रहरी रेडक्रसकर्मी जनप्रतिनिधि र प्राविधिक खटिएका छन क्षतिको विवरण संकलन भइरहेको उपमेयर तिवारीको भनाइ छ

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०७:१३