कार्यक्रमका लागि पुगेका रबि लामीछाने र उनको टिमलाई अष्ट्रेलियामा भव्य स्वागत

काठमाडौ  नेपालका चर्चित संचारकर्मी रबि लामिछाने लगायत उनको टिमलाइ आज अस्ट्रेलियामा भब्य स्वागत भएको छ। अष्ट्रेलियाको समय अनुसार विहान ११ बजे पुगेका रबि र रविको टोलिलाइ सिड्नी एअरपोर्टमा ठुलो संख्यामा विधार्थी हरु वकीलहरु वुद्धिजीवीहरु समाजसेवीहरु लगायत धेरै नै नेपाली युवाहरुको उपस्थिति रहेको थियो न्युज २४ नेपालमा प्रसारण हुने सिधा कुरा जनता संगको कार्यक्रमका लागि पुगेका रबि र टिमले सनिबार देखिको केहि भाग अस्ट्रेलिया बाट नै लाइभ गर्ने भएको हो लाहुरे टिभिको सहयोगमा अष्ट्रेलियामा रबि लामिछानेको कार्यक्रम हुन

लागेको हो यहि मे २४ का दिन मरना अडिटोरियम मा कार्यक्रम हुने भएको छ अस्ट्रेलिया स्थित संचालित हुदै आएको लाहुरी टिभीको संयोजनमा सिधा कुरा जनता बिशेष कायक्रम हुन लागेको हो। यस काय्रक्रम्मा अस्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली समुदायसँग यहाँ भएका समस्या लगायतका विषयहरूमा लामिछानेले कुराकानी गर्नेछन्। यस अघि मलेसिया हंगकंग दक्षिण कोरिया पुगेको यो कार्यक्रम अब अस्ट्रेलिया पुगेर तेहका नेपाली बीचको समस्या पहिल्याउने कोसिस गर्ने छ केहि समय अघि अस्ट्रेलियाको विद्यार्थीको

समस्या उजागर गरेको सिधा कुराले अब भने तेही पुगेर प्रतक्ष समस्या र गुनासाका सुन्ने छ। बिध्यार्थिलाई अलपत्र पारेको खबर प्रसारण गरे लगत्तै पठाउने कन्सल्टेन्सीमा हंगामा समेत मच्चिएको थियो भने देश भर यस बिष यमा बहस समेत भएको थियो अब उनै रबि लामिछानेले त्यहाँ पुग्दा उनीहरुले प्रत्यक्ष रुपमा नै भेटेर गुनासा, जिज्ञासा र समस्याका राख्न सक्ने छन्

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०७:३७